प्रदेश संसद बस्ने दिन नजिकिँदै गर्दा पोखरामा प्रदेश सरकारका कार्यालय रहने स्थानको मर्मत र सरसफाई युद्धस्तरमा हुन थालेको हो । प्रदेशसभाका सांसदले शपथ लिएसँगै पोखरामा प्रदेशसभा हललगायत अन्य पूर्वाधारको तयारी युद्धस्तरमा भइरहेको छ । प्रदेश नम्बर ४ मा अब चाँडै नयाँ सरकार गठन हुँदै छ । त्यसका लागि राजनीतिक दलहरुको ध्यान मुख्यमन्त्री छनोटतर्फ केन्द्रित भएको…