हिमपातले भूकम्पप्रभावितको जनजीवन कस्टकर • Image Khabar Image Khabar


हिमपातले भूकम्पप्रभावितको जनजीवन कस्टकर


Imagekhabar
१० माघ २०७४, बुधबार १४:२६

हिमपातले भूकम्पप्रभावितको जनजीवन कस्टकर

बारपाक, लाप्राक, चुमनुब्री, धार्चे, गुप्सीपाखालगायतका गाउँमा हिमपात भएको छ । हिमपातका कारण भूकम्पप्रभावितको जनजीवन कस्टकर भएको छ । यी गाउँमा एक फिटसम्म हिउँ जमेको छ ।

टहरोमा बसेका बासिन्दा हिमपातपछि चिसो बढ्ने चिन्तामा छन् भने खेती राम्रो हुने भन्दै केही किसान खुसी छन् । टहरोभित्र आगो तापेर भूकम्पप्रभावितहरु बसेका छन् ।

हिमपातपछि बारपाक–लाप्राक कच्चीसडक अवरुद्ध भएको छ ।

रसुवामा हिमापत
रसुवाका उच्च हिमाली भागमा हिमपात सुरु भएको छ । यस क्षेत्रका गोसाइँकुन्ड, लाङटाङ, नाकथलीलगायतका स्थानमा हिमपात भइरहको छ ।

हुम्लामा हिमपात
हुम्लामा पनि मंगलबार रातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ ।

सिमकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।

प्रतिक्रिया दिनुहोस्