१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


अछाममा पसलमा आगोलागी, करिब १० लाखको क्षति


0
Shares

चौकाडाँडामा रहेको स्थानीय वीरेन्द्र साउदको पसलमा राति सवा ९ बजेतिर आगोलागी भएको हो ।

पसल बन्द गरेर आफू घर गइसकेपछि पसलमा एक्कासि आगोलागी भएको सन्चालक साउदले बताए ।

आगोलागीबाट पसलमा रहेका सम्पूर्ण सामान तथा पैसा जलेर नस्ट भएको र करिब १० लाख रुपैयाँको क्षति भएको उनले बताए ।

पसलभित्र ग्यास सिलिन्डरसमेत भएकाले आगो निभाउन नसकिएको र सिलिन्डरसमेत पड्किएको स्थानीयको भनाइ छ ।

आगोलागी के कारणले भयो भन्ने खुलिसकेको छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।