भूकम्पको एक महिना नबित्दै विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर पुनःनिर्माणका लागि स्वीकृति दिइएको ३४ महिना बित्दा समेत बन्ने छाँट देखिएको छैन । लाग्छ यो मन्दिरको दुर्दशा बुझिदिने कोही छैन ।सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयबागेश्वरीलाई चढाइन्थ्यो । यसैले यो मन्दिर नेपालकै धनी मानिन्छ । चढाइएको गरगहनालगायत…