तेह्रथुम र पाँचथरलाई जोड्ने झोलुङ्गे पुल जीर्ण • Image Khabar Image Khabar


तेह्रथुम र पाँचथरलाई जोड्ने झोलुङ्गे पुल जीर्ण


Imagekhabar
१८ फाल्गुन २०७४, शुक्रबार ०८:४४

तेह्रथुम र पाँचथरलाई जोड्ने झोलुङ्गे पुल जीर्ण

पुल जीर्ण बनेपछि यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् भने पुल मर्मतका लागि कसैले पनि चासो दिएको छैन ।

पुलमा दायाँबायाँ रहेका जाली च्यातिएपछि यात्रुहरुलाई वारपार गर्नै मुस्किल भएको छ । ०३५ सालमा बनेको तेह्रथुमको म्याङलुङ नगरपालिका र पाँचथरको कुम्मायक गाउँपालिकालाई जोड्ने उक्त पुलबाट दैनिक सयौँ यात्रुहरु वारपार गर्ने गरेका छन् ।

१३५ मिटर लामो सो पुलबाट आवत्जावत् गर्न विद्यार्थी, बुढापाका र अशक्तहरुलाई समस्या भएको छ । कुम्मायक गाउँपालिकाका बासिन्दा तेह्रथुमको म्याङलुङ्गमा लाग्ने साप्ताहिक हटियामा गाउँका उत्पादन किनबेच गर्न जाने गर्दछन् ।

जीर्ण पुल नजिकै बन्दै गरेको पक्की मोटरेवल पुल निर्माणको काममा ढिलाई हुँदा म्याङलुङ्ग–याशोक सडक खण्डमा चल्ने मोटरसाइकलहरु समेत झोलुङ्गे पुलबाटै तार्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्