लोहारपट्टी नगरपालिका–१, बगडामा सो विद्यालयमा कक्षा–१ देखि १२ सम्ममा कुल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचालय रहेको छ । विगत दुई दशकदेखि सो विद्यालयमा एउटामात्रै शौचालय रहेको छ । एउटै शौचालय भएका कारण विद्यार्थी र शिक्षकले पालो कुर्नु परिरहेको प्रधानाध्यापक श्यामसुन्दर यादवले बताए ।…