नेपाल-भारत सीमानामा गाडिएका १६ वटा पिलर गायब • Image Khabar Image Khabar


नेपाल-भारत सीमानामा गाडिएका १६ वटा पिलर गायब


Imagekhabar
७ जेष्ठ २०७५, सोमबार ११:४३

नेपाल-भारत सीमानामा गाडिएका १६ वटा पिलर गायब

जितेन्द्र भण्डारी(ईमेज):
पाँचथर, जेठ ७ । नेपाल भारतसँगको सीमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १ सय ३ साना पिलरमध्ये १६ वटा गायब भएको पाइएको छ ।

सीमामा १ सय ३ साना पिलरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिलर गाडिएको स्थानसमेत फेला परेको छैन ।

१२ पिलर राखिएको ठाउँ फेला परे पनि सीमास्तम्भ भने नभेटिएको र भेटिएका सबै ८७ पिलर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

उनका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोली गएर स्थलगत अवलोकन गर्दा पिलरको अवस्था यस्तो रहेको पाइएको हो ।

sima1

जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने ९ जंगे पिलर भने भेटिएका छन् ।

तीमध्ये दुई पिलर जीर्ण छन् एउटा जंगे पिलर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र सर्भे गरि फर्किएका प्रहरी हवलदार काजीमान लिम्बूले बताए ।

प्रहरीको टोलीले सीमास्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थालगायत अध्ययन गरको हो । अध्ययनले तत्काल सीमास्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखिएको छ ।

तीन प्रकारका पिलरमध्ये जंगे र मझौलाभन्दा साना पिलरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था रहेको छ ।

sima2

sima5

प्रतिक्रिया दिनुहोस्