
पैदल हिँडिरहेका बेला गैंडाले आक्रमण गर्दा सोही ठाउँका ५५ वर्षीय पदमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार बिहान करिब १० बजे उक्त घटना भएको थियो ।
खुट्टामा गम्भीर चोट लागेका उनको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
चितवन निकुञ्ज आसपास क्षेत्रमा वन्यजन्तुले हरेक वर्ष मानिसमाथि आक्रमण गर्ने र खेतीबाली नस्ट गर्ने गर्छ । विद्युतीय तारबार लगाइएपनि प्रभावकारी हुन सकेको छैन । रासस
प्रतिक्रिया दिनुहोस्