२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


एक हजार विद्यार्थीका लागि एउटा शौचालय


0
Shares

लोहारपट्टी नगरपालिका–१, बगडामा सो विद्यालयमा कक्षा–१ देखि १२ सम्ममा कुल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचालय रहेको छ ।

विगत दुई दशकदेखि सो विद्यालयमा एउटामात्रै शौचालय रहेको छ । एउटै शौचालय भएका कारण विद्यार्थी र शिक्षकले पालो कुर्नु परिरहेको प्रधानाध्यापक श्यामसुन्दर यादवले बताए ।

शौचालयका लागि पटक–पटक जिल्ला शिक्षा कार्यालयलाई लिखित अनुरोध गर्दैआएको उनको भनाइ छ ।

‘विद्यार्थी र शिक्षकलाई निकै समस्या हुने गरेको छ’–उनले भने ।

ढोका फुटेको, चुक्कुल नभएको र पर्खाल जीर्ण भइसकेको सो शौचालयमा छात्रा महिनावारी भएका बेला तथा सामान्यरुपमा दिसा–पिसाब गर्न जाँदा समस्या हुने गरेको कक्षा–१० की छात्रा विभाकुमारी यादव बताउँछिन् ।

त्यहाँ खानेपानीकोसमेत अभाव छ ।

विद्यालयमा बगडा, महदैया, मधेपुरा, अन्हारवन, सुखैनिया, पररिया, तपनपुर, जगतियालगायत ठाउँका विद्यार्थी पढ्न आउने गरेका छन् । रासस