काठमाडौं, असार १३ । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ । संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदरवारभित्रकै निर्माणमा गैरजिम्मेवारीपना र अनियमितता हुने गरेको औंल्याएको हो । सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरवारभित्रको सडक, भवन, नाली निर्माण तथा मर्मत लगायतका कार्यमा गैरजिम्मेवारीपना र अनियमितता भएको ठहर सहितको प्रतिवेदन बनाएको…