Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


भूकम्पबाट अतिप्रभावित जिल्लामा पुर्ननिर्माणलाई तिव्रता दिन निर्देशन


0
Shares

काठमाडौं, असार १२ । संसदको राज्य व्यवस्था समितिको आज वसेको वैठकले भूकम्पबाट अतिप्रभावित जिल्लामा पुर्ननिर्माणको कार्यलाई तिव्रता दिन पुर्ननिर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

आज सिंहदरवारमा वसेको समितिको वैठकले अति प्रभावित जिल्लाहरुमा आवश्यक स्रोत साधनसहित पुनर्निर्माण तथा पुनस्र्थापना कार्यलाई तिव्रता दिन भनेको हो ।

यसैगरी समितिले भुकम्प प्रभावित क्षेत्रमा तत्काल आवश्यक कर्मचारी पठाउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिका सदस्यहरुले सरकारले भुकम्प पीडितका लागि छुट्टाएको २ लाख रकम एकमुष्ठ उपलब्ध गराउन पनि सरकारको  ध्यानाकर्षण गराएका थिए ।

बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरण गठनमा भएको ढिलाईका कारण काममा केही सुस्तता देखिए पनि अब सवै उपाय अवलम्वन गरेर भुकम्प पीडितलाई दिइने रकम तत्काल पठाउने तयारी भइरहेको जानकारी दिए ।

ज्ञवालीले कोही पनि भुकम्पपीडित राहत पाउनबाट बञ्चित नहोस् भनेर प्राधिकारणले पुनः सर्वेक्षण गर्ने तयारी गरेको पनि बताए ।