Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । उपत्यका प्रहरी कार्यालय ललितपुरको टोलीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने श्यामकृष्ण श्रेष्ठ रहेका छन । ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल पीपलबोटबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोलीसहित श्रेष्ठलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले बताउनुभयो ।…