काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दामा आज काडमाडौं जिल्ला अदालतले बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इलासमा आजबाट सुनुवाई सुरु भएको हो । बलात्कार आरोपमा सरकारी वकिलको कार्यालयले लामिछानेलाई १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ…