उदयपुरमा एकै परिवारका तीन जनाको हत्या « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


उदयपुरमा एकै परिवारका तीन जनाको हत्या


1.846k
Shares

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ ।

बेलका–७ मा स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको उदयपुर जिल्ला प्रहरी डिएसपी राकेश पोदारले जानकारी दिनुभयो ।

उनीहरुको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनै जनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।