काठमाडौं । प्रहरीले जनकपुरधामबाट ठूलो परिमाणमा गाँजा सहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट १२४ किलो गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर–८ मनहरी बस्ने शन्तबिर दोङ रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो । मकवानपुरबाट…