मोरङ, जेठ २९ । मोरङको कोसी–हरैंचामा शनिबार दिउँसो छोराले आफ्नै बाबुलाई फलामको रडले हिर्काएर हत्या गरेका छन् ।कोसी–हरैंचा नगरपालिका–१५ सितुमारीका ७४ वर्षीय भोलामान राईको ३५ वर्षीय छोरा रामकुमार राईले पिताको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।बाबु–छोराबीच भएको घरायसी विवादमा रामकुमारले बाबुलाई रडले हिर्काउँदा टाउकोमा लागेर भोलामानको घटनास्थलमै मृत्यु…