धनुषा, भदौ २३ । धनुषाको यदुकोहामा एकै परिवारका चारजनामाथि धारिलो हतियार प्रहार गरिएको छ । इलाका प्रहरी कार्यालय यदुकोहाले दिएको जानकारीअनुसार यदुकोहा–४ बस्ने रामओधी दास तत्माको घरमा बुधबार राति अज्ञात समूहले आक्रमण गरेको हो । प्रहरीकाअनुसार राति करिब १ बजे आधादर्जनभन्दा बढीको संख्यामा आएका अज्ञात समूहको आक्रमणमा परी घरमूली आयोधी दास तत्मा, उनकी ५० वर्षीया…