Logo १३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026


चिहान डाँडामा प्रहरी र शंकास्पद व्यक्ति बीच गोली हानाहान


0
Shares

काठमाडौं, भदौ २३ । काठमाडौंको मातातिर्थस्थित चिहान डाँडामा प्रहरी र शंकास्पद व्यक्तिहरुबीच गोली हानाहान भएको छ ।

चिहानडाँडा हुँदै मकवानपुर जाने कच्ची सडकमा टाटासुमो गाडि देखिएपछि प्रहरीले शंका लागेर पछ्याउँदै जाँदा टाटासुमो भित्रबाट गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक प्रद्य्म्न कार्कीले बताए ।

त्यसपछि ना. १ ज ३९४८ नम्बरको गाडि छाडेरै ती व्यक्ति भागेका थिए । गाडिभित्रबाट प्रहरीले एउटा सेफ फेला पारेको छ । प्रहरीले उक्त सेफ कतैबाट चोरी गरी ल्याइएको हुनसक्ने आशंका गरेको छ ।

प्रहरीले गाडि धनी पत्ता लगाएर फरार व्यक्तिहरुको पहिचान गर्ने प्रयास सुरु गरेको जनाएको छ ।