अवैध मदिरा विरुद्धको अभियान :४१ पक्राउ, चारहजार लिटर बरामद • Image Khabar Image Khabar


अवैध मदिरा विरुद्धको अभियान :४१ पक्राउ, चारहजार लिटर बरामद


Imagekhabar
२२ भाद्र २०७३, बुधबार १९:५५

अवैध मदिरा विरुद्धको अभियान :४१ पक्राउ, चारहजार लिटर बरामद

सप्तरी, भदौ २२ । सप्तरीमा अवैध मदिरा विरुद्धको अभियान सञ्चालन गरिएको छ ।

अवैध मदिरा नियन्त्रणका लागि प्रहरीलेसमेत सक्रियता बढाएको छ । जिल्लाका विभिन्न गाउँमा गरिएको अवैध मदिराको अनुगमनका क्रममा हालसम्म ४१ जना पक्राउ परेका छन् ।

त्यस क्रममा प्रहरीले करिब ४ हजार लिटर अवैध मदिरा बरामद गरेको जनाएको छ । अनुगमनमा जिल्ला प्रहरी कार्यालय र मातहतका ४८ वटै प्रहरी इकाई खटिएका छन् ।

बरामद अवैध मदिरा जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्