झापा, भदौ २८ । झापामा नक्कली सवारीचालक अनुमतिपत्र बनाउने चारसहित ९ जनालाई प्रहरीले पक्रेको छ । झापाका विभिन्न स्थानबाट सुरक्षाजाँच गर्नेक्रममा नक्कली सवारीचालक अनुमतिपत्र र सरकारी छापासहित उनीहरुलाई पक्राउ गरेको प्रहरी कार्यालय, झापाले मंगलबार जनाएको छ । पक्राउपर्नेमा झापा पृथ्वीनगरका यामकुमार महत, हल्दिवारीका नवीन आचार्य, सुनील महतो, भद्रपुरका कमिचन राजवंशी, विर्तामोडका विजय यादव, खिलानाथ बास्तोला,…