डेउडा खेलिरहँदा दुई समूहबीच झडप, छुरा प्रहारबाट युवक गम्भीर, तीनजना पक्राउ • Image Khabar Image Khabar


डेउडा खेलिरहँदा दुई समूहबीच झडप, छुरा प्रहारबाट युवक गम्भीर, तीनजना पक्राउ


Imagekhabar
२७ भाद्र २०७३, सोमबार २२:००

डेउडा खेलिरहँदा दुई समूहबीच झडप, छुरा प्रहारबाट युवक गम्भीर, तीनजना पक्राउ

बैतडी, भदौ २७ । चक्कु प्रहारबाट दार्चुलामा सोमबार एक युुवक गम्भीर घाइते भएका छन् । चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर चक्कु प्रहरबाट घाइते भएका हुन् । घाइते कुँवरको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको छ ।

अपी नगरपालिका–५ छापरीको कोटमा डेउडा खेलिरहेका बेला बिहान ३ बजेतिर दुई समूहबीच झडप भएको बताइएको छ ।

पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाउँकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्