गाडी रोकेर लुटपाट गर्ने समूहका तीनजना समातिए • Image Khabar Image Khabar


गाडी रोकेर लुटपाट गर्ने समूहका तीनजना समातिए


Imagekhabar
२८ भाद्र २०७३, मंगलवार ०१:०७

गाडी रोकेर लुटपाट गर्ने समूहका तीनजना समातिए

अनिल तिवारी (इमेज)
वीरगन्ज, भदौ २७ । वीरगन्ज–पथलैया करिडोरमा गाडी रोकेर लुटपाट गर्ने एउटा समूहलाई पर्सा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएकाहरुमा बारा, बहुअरीका रामकुमार पटेल, जटाशंकर पटेल र राजाबाबु पटेल छन् ।

सातजना लुटेरामध्ये बाँकी चारजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले सुनसरीको दुबही–५ का नारायण साहको ३२ हजार रुपैयाँ नगद र गाडीचालकको मोबाइल लुटेर फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्