काठमाडौं, असोज १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौंका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित सोमबार पक्राउ गरेको छ । आयोगको विशेष टोलीले कानुनबमोजिम प्रक्रिया पूरा भइ दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा सोमबार अभियुक्त लामिछानेलाई बिजुलीबजारको एक रेस्टुराँबाट…