जाजरकोट, मंसिर २२ । प्रहरीले बुधबार जाजरकोटमा २०५ राउन्ड गोली फेलापारेको छ । जाजरकोट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट २०५ राउन्ड गोली बुधबार छेडाबाट प्रहरीले बरामद गरेको हो । प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिलासहित ८ जनालाई जिल्ला सदरमुकाम ल्याएको छ । छेडा सदरमुकामबाट ४०…