विद्युत् चोरीको अभियोगमा २३ जना पक्राउ, के हुन्छ सजाय ? « Image Khabar


विद्युत् चोरीको अभियोगमा २३ जना पक्राउ, के हुन्छ सजाय ?


Imagekhabar
२१ पुष २०७३, बिहीबार १४:४९

पक्राउ पर्नेमा झापाको शरणामती, टेक्रा र सुरुंगा क्षेत्रका बासिन्दा छन् ।

विद्युत् प्रसारणलाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरीसहितको टोलीले उनीहरुका साथबाट दुई र तीन हर्स पावरका दुई–दुईओटा पानी तान्न प्रयोग गरिएका ठूला मोटर र घरमाजडित केही थान मिटरसमेत बरामद गरेको छ ।

अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ ।

रातको समयमा विद्युत् चोरी गरी मकै र गहुँमा सिँचाइ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

पछिल्लो समय प्राधिकरणले विद्युत् चोरीमा संलग्न एक सय सातजनालाई पक्राउ गरी कारबाही गरेको छ ।

अभियुक्तलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ ।

सिंहकाअनुसार विद्युत् चोरीमा संलग्नमध्ये खपतको अवस्था हेरेर रु तीन हजारदेखि दुई लाख पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

यसअघि, विद्युत् चोरी गरेर राइसमिल सन्चालन गर्ने खुदुनाबारीका एक व्यक्तिलाई रु दुई लाख पाँच हजार जरिवाना गरिएको प्राधिकरण प्रमुख सिंहले जानकारी दिए । रासस

 

प्रतिक्रिया दिनुहोस्