Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


हत्या गरी पुरेको अवस्थामा युवतीको शव भेटियो

अन्दाजी २० वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरेको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए । अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुनसक्ने बताए । रासस