Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


१२६ केजी चरेस बरामद

बुधबार बिहान नारायणगढस्थित लायन्सचोकबाट ना४ख ७६३० नम्बरको ट्रकबाट १२६ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए । ट्रकको पछाडि बोरामा राखिएको अवस्थामा चरेस बरामद भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।