Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


बैंकबाट निकालेको रकम लुटेर भागेका भारतीय पक्राउ


0
Shares

वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत आश्रमपुर गाउँ निवासी २० वर्षीय अमिर गवालालाई पक्राउ गरेको हो ।

बाराको कलैया उपमहानगरपालिका–१६ धर्मनगर निवासी जटाशङ्कर साहले दिउँसो सिटिजन्स बैंकको आफ्नो खाताबाट झिकेको रु चार लाखलाई गवालले खोसी भाग्न लाग्दा काममा खटिएको प्रहरी टोलीले रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनले घरायसी कामलाई रकम झिकी बैंकबाट निस्किन लागेका साहलाई धक्का हानी रकम लुटेर भाग्न खोज्दा प्रहरीले गवालालाई लखेटर पक्राउ गरेको बताए ।

पक्राउ परेका भारतीय नागरिक गवालालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । भारतीय नागरिक गवालामाथि लुटपाट मुद्दा चलाउने तयारीमा प्रहरी रहेको प्रवक्ता जोशीले जानकारी दिए । (रासस)