२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दलालको प्रलोभनमा परी भारत छिर्न लागेका पाँच सय युवतीको उद्वार


0
Shares

माइती नेपाल इलामका अनुसार सन् २०१२ देखि सन् २०१६ सम्ममा पाँच सय ५० जनाको उद्वार गरेको हो ।

माइती नेपालका संयोजक होम ढकालका अनुसार सन् २०१२ मा एक सय एक, सन् २०१३ मा ८८, सन् २०१४ मा सय, सन् २०१५ मा ९१ र सन् २०१६ मा १७० जनाको उद्धार गरिएको हो । नाकाबाट उद्वार गरिएकामा १६ देखि २५ वर्ष उमेर समूहका युवती रहेको जनाएको छ ।

नाकाबाट उद्वार गरिएका धेरैजसो अविवाहित, मावि र क्याम्पसमा अध्ययनरत युवती रहेको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ ।

भूकम्प, बेरोजगारी, पढाइमा असफलता लगायतका कारणले मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको संयोजक ढकालको भनाइ छ ।