मानेगाँउमा सोमबार अपराह्न सदस्यसँग ऋण उठाएर फर्कंदै गरेका संस्थाका कर्मचारी विदुर नगरपालिका–५ देवीघाटकी संगीता नेपाल र पनौती नगरपालिका–१२ काभ्रेपलाञ्चोकका प्रदीप केसीसँग भएको रु एक लाख लुटिएको नुवाकोट प्रहरीले जनाएको छ । सदस्यबाट रकम उठाएर संस्थाको कार्यालय बेत्रावतीतर्फ पैदल फर्कंदै गरेकाबेला तीनजनाको समूहमा आएका व्यक्तिले आक्रमण गरी रकम लुटेर फरार भएको पीडितले प्रहरीसमक्ष बताएका छन् ।…