साफेवगर–मंगलसैन सडक अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ जनालीकोटस्थित मार्स्या धारामा इन्धन बोकेर मंगलसेन आउँदै गरेको ना४ख २३७५ नम्बरको ट्यांकरको ट्यांकीमा पानी हाल्दै गरेको दृश्य देखेपछि धारामा नुहाउन लागेका स्थानीय तीनछक परे । जयगढ बजारका स्थानीय सन्तोष खड्काले आफु नुहाउन गएका बेला गाडी रोकेर इन्धनको ट्यांकीमा पानी मिसाएको दृष्य देखेपछि मोबाईलबाट तस्वीर लिएका थिए…