काठमाडौं । धनुषा जिल्लामा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गएसँगै धनुषा प्रहरीले चोरी डकैतीमा संलग्नहरुलाई पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको छ । धनुषा प्रहरीले सादा पोशाकमा चोर पक्राउ गर्नका लागि गस्ती टोली खटाएपछि चालु आर्थिक वर्ष २०७९/०८० मा चोरी मुद्दाका ९७ जना चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षमा हालसम्म दर्ता भएका…