निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उक्त पार्टीका दुई नगर इन्चार्जलाई शनिबार प्रहरीले पक्रेको हो । पक्राउ पर्नेमा सो पार्टीका महालक्ष्मी नगरपालिकाका सेक्रेटरी विशाल मगर र पाख्रिबास नगरपालिकाका सेक्रेटरी ‘आलोक’ भनिने हरि श्रेष्ठ छन् । दुवैलाई सादा पोसाकमा खटिएका प्रहरीले पाख्रिवास नगरपालिका–३ बाट पक्रेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए । यसअघि,…