पक्राउ पर्नेमा पर्वत, पैयूँ–३ का दिवस भुसाल, तनहुँ, रिसिङ–२ का अरुण गिरी, माडी नगरपालिका–४ चितवनका रमेश श्रेष्ठ र माडी नगरपालिका–५ की टीका न्यौपाने रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराए । पक्राउ पर्नेमध्ये भुसाल र गिरीलाई भरतपुर महानगरपालिका–७ पिपलचोकबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट पाँच किलो विस्फोटक पदार्थ जिलेटिन र पड्काउन प्रयोग हुने…