गत मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा हत्या गरिएकी सिरहाको मिर्चैया नगरपालिकाकी अंकिता यादवको हत्यामा संलग्न रहेको आरोपमा साहलाई घटनाको २१ दिनपछि सर्लाहीको हरिवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए । मिर्चैयाबजारकी अंकिताको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पाइएपछि साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राउतले बताए ।…