
धनगढी उपमहानगरपालिका–२ भएर नेपाल भित्र्याउँदै गर्दा प्रहरीले सामान बरामद गरेको हो । त्रिनगर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जीवन गुरुङको नेतृत्वमा खटिएको टोलीले से४प २३ नम्बरको मोटरसाईकलबाट बिस्तरा बनाउने कपडा, चिनी, मिस्री, नटबोल्ट लगायत २ लाख बराबरका सामान बरामद गरेको हो ।
मसानघाट हुँदै भारतबाट भन्सार छलेर सामान आयात हुने गरेको स्थानीयले जानकारी दिएपछि सो क्षेत्रमा निगरानी गरिएको प्रहरीले जनाएको छ । बरामद सामान भन्सार कार्यालयमा बुझाउने प्रहरी सहायक निरीक्षक गुरुङले बताए ।
यस्तै क्षेत्रीय अनुसन्धान समूह ‘आरआईटी’ सुदूरपश्चिमको टोलीले लागू औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार बझाङको सैनपसेला–३ घर भई हाल धनगढी उपमहानगरपालिका–८, पुरानो फुलबारी बसपार्क क्षेत्रमा डेरा गरी बस्ने १९ बर्षका विनोद जप्रेललाई पक्राउ गरेको हो ।
निजको साथबाट अन्दाजी ५ किलो लागू औषध चरेश बरामद गरिएको आरआईटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्