नक्कली सुन देखाइ १० लाख ठगी गर्ने दुईजना पक्राउ • Image Khabar Image Khabar


नक्कली सुन देखाइ १० लाख ठगी गर्ने दुईजना पक्राउ


Imagekhabar
५ पुष २०७४, बुधबार २०:४१

नक्कली सुन देखाइ १० लाख ठगी गर्ने दुईजना पक्राउ

महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई बुधबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङद्वयले यही पुस १ गते शनिबार भक्तपुरका नौसाद अलिलाई ‘हामीसँग भएको सुन तपाइँ राख्नुहोस्, हामीलाई तपाइँसँग भएको पैसा दिनुहोस्’ भनी सुनजस्तो पहेंलो धातुको ढिक्का दिइ रकम ठगेका थिए ।

महाशाखाले पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्