१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


शरणार्थी प्रकरणमा फरार रहेका हरिभक्त महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सोही प्रकरणमा महर्जनकी श्रीमती लक्ष्मी महर्जन पक्राउ परिसकेकी…