सुरक्षा चेकजाँचकाक्रममा महाराजगन्जका मोहन महर्जन र जडिबुटीका आयुष बज्राचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनका चारओटा बिस्कुट र चारओटा बाला लिएर हिँडिरहेको अवस्थामा उनीहरु पक्राउ परेको जनाइएको छ । सोही सुनसँग सम्बन्धित अरु दुईजनालाई पनि नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।