वडाध्यक्षलाई प्रहरीले पक्रियो • Image Khabar Image Khabar


वडाध्यक्षलाई प्रहरीले पक्रियो


Imagekhabar
५ पुष २०७४, बुधबार २०:३८

वडाध्यक्षलाई प्रहरीले पक्रियो

सीआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको मुद्दा विचाराधीन छ । भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा रु पाँच लाख धरौटी राखी तामाङ रिहा भएका थिए ।

मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्