न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले मंगलबार महत र ढकाललाई रु एक/एक करोड धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर मंगलबार (आजै) डिल्लीबजार कारागार चलान भएको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार महत र ढकाललाई थुनछेक आदेशसहित रु एक÷एक करोडको धरौटीको माग गरिएको थियो ।…