अघिल्लो दिनको तुलनामा भने कारवाहीमा पर्ने चालकको संख्यामा सामान्य कमी देखिएको छ । सोमबार १ हजार ९ सय १५ चालक कारवाहीमा परेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक कृष्णदत्त भट्टका अनुसार सवारी नियम उल्लंघन गरेको कसुरमा राजधानीमा विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो । कारवाहीमा पर्नेमा मिटरमा जान नमान्ने ट्याक्सी तथा लेन अनुशासन…