१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


लमजुङबाट चितुवाको छालासहित तीनजना पक्राउ


0
Shares

केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले बेंसीशहरको एक होटलबाट चितुवाको छालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–५ बस्ने विनोद तामाङ, राजेश अधिकारी र सोही नगरपालिका–६ का कमल तामाङ छन् ।

उनीहरुलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।