दुई लाख ३४ हजार घुस लिने श्रम कार्यालयका नासु पक्राउ • Image Khabar Image Khabar


दुई लाख ३४ हजार घुस लिने श्रम कार्यालयका नासु पक्राउ


Imagekhabar
२८ पुष २०७४, शुक्रबार १९:०९

दुई लाख ३४ हजार घुस लिने श्रम कार्यालयका नासु पक्राउ

श्रम कार्यालय, कतार शाखाका गौतमलाई सेवाग्राहीबाट घुसबापतको रु दुई लाख ३४ हजार लिइसकेको अवस्थामा गंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको लुम्बिनी फास्ट फुड रेष्टुराँबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

श्रम स्वीकृति गराइदिने र विमानस्थलमा मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्