काठमाडौं, कात्तिक २१ । प्रहरीले काठमाडौंमा भित्रिएको ठूलो परिमाणको बिष्फोटक पदार्थ नियन्त्रणमा लिई आज नष्ट गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आज राजधानीमा पत्रकार सम्मेलन गरी तिहारलाई लक्षित गरी काठमाडौं भित्र्याइएको १० लाख रुपैयाँबराबरको बरामद अवैध पटका नष्ट गरेको हो । प्रहरीले विस्फोटक पदार्थ भित्र्याउने ९ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ…