मेलम्ची, असोज १३ । सिन्धुपाल्चोकको पाँचपोखरी–थाङ्पाल गाउँपालिका–४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ । हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ । हत्याको कारण अझसम्म खुलाइएको छैन । अभियुक्त वाइबालाई मेलम्चीस्थित इलाका प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । रासस