२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


१२ ओटा जीवित कछुवा बोकेर बिक्री गर्न हिँडेका फन्दामा


0
Shares

काठमाडौं, मंसिर ३ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र साइटिस महासन्धिविरुद्धको अपराध गरेको अभियोगमा दोलखाका एक युवक पक्राउ परेका छन् ।

संरक्षित वन्यजन्तु १२ ओटा जीवित कछुवा बोकेर बिक्री गर्न हिँडेका दोलखाको भीमेश्वर नगरपालिका–२ का रसिक श्रेष्ठलाई ललितपुर महानगरपालिका–७, ग्वार्कोबाट सोमबार अपराह्न पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत्को ब्यूरोकाअनुसार अभियुक्त श्रेष्ठ र बरामद कछुवा डिभिजन वन कार्यालय, ललितपुरमा बुझाइएको छ । रासस