भक्तपुर, कात्तिक २० । एक किलो सुन रु ३५ लाखमा बिक्री गर्ने भन्दै नक्कली सुन बिक्री गर्न ग्राहक खोज्दै हिँडेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय राजु लामा, धादिङ, गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ र काभ्रे, रोसी गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार तामाङ रहेका छन्…