काठमाडौं, चैत १५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा भएको अनियमितताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिने निर्णय गरेको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमितताको छानबिन गर्ने जिम्मेवारी सीआइबीलाई दिइएको मन्त्रीका स्वकीयसचिव पुरन केसीले जानकारी…