डीबी विष्ट बझाङ, जेठ १७ । सुर्मा गाँउपालिका–४ सुर्मागाउँमा एक महिलाको विभत्स हत्या भएको छ । स्थानीय लछिचन्द पुजाराकी श्रीमती २५ वर्षीया जुना पुजाराको घाँटी रेटी हत्या भएकोे प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीले बताए । सुर्मा गाउँपालिका–४ कै अन्दाजी ३५/३६ वर्षका लोकेन्द्र पुजाराले हँसियाले घाँटी रेटेर उनको हत्या गरेको प्रहरी नायव उपरीक्षक केसीको भनाइ छ…